2026-07-06 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

युवा निर्माण व्यवसायी कुरुम्बाङ् सम्मानित

2019-08-17

कमल घिमिरे।श्रावण३२। पाँचथर,  सघन शहरी तथा भवन निर्माण आयोजना झापा अन्तर्गतको आ.ब.२०७५।०७६ मा मेची अञ्चल कै गुणस्तरिय कार्य सम्पादन गरेबापत युवा निर्माण व्यवसायी शैलेन्द्र कुरुम्बाङ सम्मानित भएका छन् ।

 निर्दिष्ट समय सीमा तथा तोकिएको ड्रइङ, डिजाइन र स्पेशिफिकेशन बमोजिम  निर्माण सम्पन्न गरेकाले    ए.एस.कन्स्ट्रकसन प्रा.लि.का प्रोपाइटर शैलेन्द्र कुमार कुरुम्बाङलाई  प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।  झापामा भएको एक कार्यक्रममा आयोजना प्रमुख श्री बिदुर खड्का लगायत कार्यालयका सबै पदाधिकारीहरुको उपस्थितिमा सम्मान गरिएको थियो । उपस्थित सहभागीहरुले आगामी दिनहरुमा समेत जिम्मा लिएका आयोजनाहरु सफल रुपमा सम्पन्न गर्न सुझाएका थिए ।

यस अघिपनि तुम्बेवा गाउपालिकामा निर्माण भएको स्वास्थ्य चौकी समय अगावै निर्माण सम्पन्न गरेको भनी उनको प्रशांसा भएको थियो भने सघन शहरी तथा भवन निर्माण आयोजना झापा बाट इरौटार र कुरुम्बा स्वास्थ्य चौकी समेत एस.ए.एस.कन्स्ट्रकसन प्रा.लि बाट नै निर्माण सम्पन्न भएको थियो । केही महिना अगावै बनेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग योजना कार्यालय, फिदिम पाँचथरको कार्यालय भवन तथा ल्याब भवन निर्माण कार्य समय अवधि भन्दा ३ महिना अगावै कुरुम्बाङले सम्पन्न गरेका थिए ।  

उक्त सम्मानबाट थप काम गर्ने जोस, जागर, हौसला, प्रेरणा र अझ कर्तव्य निष्ठ भएर काम गर्ने अवसर मिलेको कुरुम्बाङको भनाई छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने