2026-09-13 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिम प्रदेशवासिको महान चार्ड गौरा पर्व सुरु, कुन-कुन दिन कसरी कसरी मनाइन्छ ?

कृष्ण बिष्ट | भाद्र ३, बैतडी | सुदूरपश्चिम प्रदेशवासिको महान पर्व गौरा आज देखि सुरु भएको छ । आज  पञ्चमीका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौँ भिजाएर राख्दछन जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । 

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरेको कैलाली गाउँकी पवित्रा बिष्टले बताइन् । महादेव पर्व पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झनागर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइने गरेको स्थानिय पण्डीत गंगादत्त अवस्थीले जानकारी दिनुभयो । 

कुन कुन दिन कसरी मनाउछन गौरा पर्वः


पहिलो दिन पञ्चमि तिथिः भाद्र सुक्ल पक्षको पञ्चमी तिथि देखिनै गौरा पर्व प्रारम्भ भएको हो । सुदूरपश्चिम प्रदेशको सबैभन्दा महत्वपुर्ण पर्वको रुपमा मानिने गौरा पर्व भाद्र सुक्ल पञ्चमिको दिन तामाको भाडामा गहुत, मास, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाहरुले फाग गाउदै भिजाउने गर्दछन । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ । 

सुर्य सष्टीः पञ्चमिको दाश्रो दिन सुर्य सष्टी पर्दछ । त्यस दिन पञ्चमिको दिन भिजाएको बिरुडालाई नजिककैको पानिको न्वाला (पधेरी)मा लगेर फाग गाउदै धुने चलन रहेको छ । बिरुडा सफा गरिसकेपछि सबैले एउटै ठाँउमा देव घरमा राख्ने चलन रहेको छ । 

सप्तमि तिथिः गोरा पर्वको तेश्रो दिन  सप्तमी तिथि पर्दछ । सप्तमीको दि साझँको समयमा दिनभरि उपासना बसेका महिलाहरु नुहाइधुवाइ गरि देव घरमा जम्मा हुने गर्दछन । यस दिन देवघरमा पबित्र मानिएको पिपल जामुन, पङ्यिो, आँप, औलोका स्याउलालाई एक ठाउमा जम्मा गरि कलस स्थापन गरिन्छ । जसलाई स्थानिय भाषामा पञ्चबल्लव पनि भन्ने गरिन्छ । यो पञ्चबल्लवसँगै सौ,बल, धान, गोरेफल मिलाएर एउटा गोरा देविको मुर्ति बनाइन्छ त्यो मुर्तिलाई गौरा देविको संज्ञा दिइन्छ । गौरा सँगसँगै एउटा काठको मुर्ति पनि बनाइन्छ जसलाई महेश्वरको संज्ञा दिइन्छ । गौरोको र महेश्वरको मुर्तिमा बिवाहित महिलाहरुले घाँटीमा लगाउने पहेलो र रातो रङ्को दुवधागो झुन्ड्याइएको हुन्छ । सोहि दिन साँझ सबै महिलाहरु पुजा आज गरी अस्टमि अर्थात भोलिको दिन गौरा पर्वको महत्वपुर्ण दिनको तयारी गर्छन । 

अष्टमी तिथि अर्थात अठेवालिः गौरा पर्वको महत्वपुर्ण दिन हो अस्टमी । यस दिन उपासना बसेका बिवाहित महिलाहरुले देवघरबाट गोरा निकालेर गोराखला (गोरा खेलाउने स्थल) मा लिएर जान्छन । महिलाहरु यस दिन समयमा गोरा देवि र महेश्वरको मुर्तिलाई पुजा आजा गरि अस्टमिको दिन गाइने अठेवालि गित गाउने गर्दछन । पुरुषहरुले दमाहा बजाउने, देवताको थानमा पुजाआजा गर्ने र देउडा खेल्ने गर्दछन । महिलाहरुले पुजाआजा सँगै अठेवालि गाइसकेपछि बिरुडाले श्रीमान, छोराछोरीको शिरमा चढाँउने गर्दछन ।  त्यसै दिन देखि गौरा पर्व एक हप्ता देखि १० दिन सम्म गौरा पर्व पुजा पाठ सँगै देउडा खेलेर यो पर्व मनाइन्छ ।  

गौरारा सेलाउनेः ठाउँ अनुसार गौरा पर्व फरक फरक दिन बिर्सजन गरिन्छ जस्लाई गौरा सेलाउने भनिन्छ । यस दिन बाजागाजाका साथ गौरा मुर्तिलाई जंगलको पवबित्र रुखमुनि पुजा आजा सहित बिर्सजन गरिन्छ । यस दिनलाई नै गौरा सेलाउने भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले