२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विप्लब कार्यकर्ता कारागार चलान

२०७६, ६ भाद्र शुक्रबार ०८:१९

भदौ ६, बैतडी  । नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता कारागार चलान भएका छन् । पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन् । बिहीबार जिल्ला अदालतले धामीलाई उक्त रकम धरौटी बुझाउन फैसला गरेको थियो । 

गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । धामी सो समूहका गाउँ कमिटी सदस्य रहेका थिए । उनले यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी तथा चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो ।  

त्यस्तैै गत असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका– १० हतास घर भई उक्त समूहको विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि सार्वजनिक हितविपरीतको मुद्दा चलाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने