Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान जिल्ला अस्पतालमा न स्वास्थ्यकर्मी, न कर्मचारी

२०७६, १४ भाद्र शनिबार ०४:२९

भदौ १४, प्यूठान । वर्षौंदेखि दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ । 

५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन ।

स्तरवृद्धि भएको भनिएको तीन वर्ष हुँदासमेत सेवाग्राहीले विशेषज्ञ सेवा पाउन सकेका छैनन् । ८ जना विशेषज्ञसहित ११ औं तहको मेडिकल सुपरिटेण्डेन्टको दरवन्दी अहिलेसम्म पूरा हुन सकेको छैन ।

चार जना मेडिकल अधिकृत र ३ जना छात्रवृत्ति करारका एमबीबीएस डाक्टरले जिल्ला अस्पताल चलाइरहेका छन् । यीमध्ये एक जना सुत्केरी विदा र एक जना घर विदामा छन् । चारै जना मेडिकल अधिकृतको प्रदेशमा समायोजना भएको छ । समायोजनबाट प्यूठान जिल्ला अस्पतालमा आउने स्वास्थ्यकर्मीको भने कुनै टुंगो छैन ।

कर्मचारी अभावका कारण २४ घण्टा डिउटी गर्नुपरेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट शेषराज घिमिरेले बताए । समयमै कर्मचारी व्यवस्था नहुने हो भने अस्पताल बन्द गर्नुपर्ने स्थिति रहेको उनले सुनाए ।

दुई वर्षदेखि अस्पताल प्रशासन कर्मचारीविहीन छ । लेखापाल नहुँदा औषधि खरिदलगायतका काममा समस्या आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका लेखापालबाट काम चलाउँदै आए पनि साउन महिनायता लेखाको पूरै काम ठप्प छ । 

अस्पताल व्यवस्थापन समितिबाट निर्णय गरेर कोटेशन मार्फत २५ लाख रुपैयाँको औषधि खरिद गरे पनि यसले समस्या नटर्ने निमित्त प्रमुख घिमिरेको भनाई छ । खरिद गरिएका औषधिले अब बढीमा दुई महिना धान्ने अस्पतालले जनाएको छ । लेखापाल नहुँदा औषधि खरिदका लागि टेण्डर हुन सकेको छैन । 

– विजयसिंह भारतीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश