2026-09-12 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको गौमुखी गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा

भदौ १४, प्युठान ।  प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत  जिल्ला अदालतमा बहुविवाहको मुद्दा  दर्ता गराएकी हुन् । 

 प्युठान प्रहरीका अनुसार अध्यक्ष गिरिविरुद्ध अदालतमा बहुविवाहको मुद्धा दर्ता भएको हो | उनकी श्रीमतिले  जाहेरी दिए पछि गाउँपालिकाको अध्यक्ष कै घरमा पुगेको प्रहरीले बताए | अध्यक्ष गिरिको फोनमा सम्पर्क राख्दा पनि सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ | जाहेरी दिएकी गिरिकी श्रीमति सीताले आफूहरुले २०५७ सालमा विवाह गरेको र  हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको बताइन् । 

श्रीमानले गत असार २९ गते   प्युठान नगरपालिकाकी किशोरीसँग बिबाह गरेको जानकारी पाएपछि आफूले बहुविवाहको मुद्धा दर्ता गराएको उनले बताइन् । गाउँपालिका अध्यक्ष गिरि नेपाली कांग्रेसबाट  उमेदवारी दिएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन