2026-06-26 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

एसिड प्रहार गरिएकी किशोरीलाई काठमाडौं रिफर

2019-09-06

भदौ २०, वीरगञ्ज | शुक्रबार बिहानै एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। एसिड प्रहार भइसकेपछि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि उनलाई काठमाडौं रिफर गरिएको हो।

संघीय सांसद प्रदिप यादवको सहयोगमा काठमाडौं रिफर गरिएको हो। सांसद यादवले उनको उपचारका लागि ५० हजार सहयोग गरेका छन्। सांसद यादवले छात्रामाथि भएको घटना दुखद भएको बताउँदै घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कारबाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिए।

त्रिभुवन उच्चमावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ बजे दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए। एसिड प्रहारले उनको शरीरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भिर घाउ भएको छ।

घटनामा संलग्न छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको छ। अन्य दुई युवकलाई प्रहरीले खोजी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ