2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बेरोजगारको लागि रोजगारी पसल सञ्चालन

भदौ २१, बाँके | बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा शनिबारदेखि रोजगारी पसल सञ्चालन भएको छ । बेरोजगार व्यक्तिको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले पसलको  उद्घाटन गर्दै नेपालगञ्जमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने सवल र दक्ष कामदारको माग सहज रुपमा पुर्याउनका लागि रोजगार पसलले मद्दत गर्न सक्ने बताउनुभयो । 

रोजगारी पसलका प्रबन्ध निर्देशक गिरीले पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेको लागि पुलको काम गर्ने जानकारी दिनुभयो । ‘हामीले रोजगारदाता सङ्घसंस्थाले गरेको मागअनुसार दक्ष र सबल कामदार उत्पादन गरेर पठाउँछौं’, उहाँले भन्नुभयो, ‘विदेशमा गएर पसिना बगाउनुभन्दा सीप सिकेर सीपअनुसार जागिर नेपालमै गरी आयआर्जन गर्न सकिनेछ ।’ 

सन् २०१२ मा स्थापना भई देशका काठमाडौँ, इटहरी र पोखरा जस्ता शहरबाट पसलले यस प्रकारको सेवाप्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जिव निरौलाले बताउनुभयो । हालसम्म देशैभरीबाट एक लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उहाँको दाबी छ । 

उहाँका अनुसार, पसलमा हाल पाँच हजार बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । रोजगारी पसल नेपालगञ्जका शाखा प्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने बताउनुभयो । 

उहाँका अनुसार, रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकताअनुसारको तालीमको व्यवस्थासमेत पसलले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द