2026-09-13 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बेरोजगारको लागि रोजगारी पसल सञ्चालन

भदौ २१, बाँके | बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा शनिबारदेखि रोजगारी पसल सञ्चालन भएको छ । बेरोजगार व्यक्तिको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले पसलको  उद्घाटन गर्दै नेपालगञ्जमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने सवल र दक्ष कामदारको माग सहज रुपमा पुर्याउनका लागि रोजगार पसलले मद्दत गर्न सक्ने बताउनुभयो । 

रोजगारी पसलका प्रबन्ध निर्देशक गिरीले पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेको लागि पुलको काम गर्ने जानकारी दिनुभयो । ‘हामीले रोजगारदाता सङ्घसंस्थाले गरेको मागअनुसार दक्ष र सबल कामदार उत्पादन गरेर पठाउँछौं’, उहाँले भन्नुभयो, ‘विदेशमा गएर पसिना बगाउनुभन्दा सीप सिकेर सीपअनुसार जागिर नेपालमै गरी आयआर्जन गर्न सकिनेछ ।’ 

सन् २०१२ मा स्थापना भई देशका काठमाडौँ, इटहरी र पोखरा जस्ता शहरबाट पसलले यस प्रकारको सेवाप्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जिव निरौलाले बताउनुभयो । हालसम्म देशैभरीबाट एक लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उहाँको दाबी छ । 

उहाँका अनुसार, पसलमा हाल पाँच हजार बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । रोजगारी पसल नेपालगञ्जका शाखा प्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने बताउनुभयो । 

उहाँका अनुसार, रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकताअनुसारको तालीमको व्यवस्थासमेत पसलले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन