2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बेरोजगारका लागि ‘रोजगारी पसल’

भदौ २२, नेपालगञ्ज | बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने संघसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रुपमा पु¥याउन यसले मद्दत गर्ने बताए ।

प्रबन्ध निर्देशक गिरीले यस पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गरिने जानकारी दिए । “हामीले रोजगारदाता सङ्घसंस्थाको माग अनुसारका दक्ष कामदार उत्पादन गरेर पठाउँछौँ”, उनले भने, “यसबाट विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै सीप सिकेर सीपअनुसारको जागिर खान वा आयआर्जन गर्न सकिनेछ ।”

सन् २०१२ मा स्थापना भई काठमाडौं, इटहरी र पोखराजस्ता शहरमा यस पसलले सेवा प्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जीव निरौलाले बताए । हालसम्म देशैभरिबाट १ लाख ५० हजारभन्दा बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनको जिकिर थियो ।

उक्त पसलमा हाल पाँच हजारभन्दा बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजारभन्दा बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । उक्त पसलका शाखाप्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगन्जको शाखा कार्यालयमा आइ आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने र त्यस्ता व्यक्तिका लागि आवश्यकता अनुसारको तालीमको व्यवस्थासमेत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द