२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बेरोजगारका लागि ‘रोजगारी पसल’

२०७६, २२ भाद्र आईतवार ०९:५९

भदौ २२, नेपालगञ्ज | बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने संघसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रुपमा पु¥याउन यसले मद्दत गर्ने बताए ।

प्रबन्ध निर्देशक गिरीले यस पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गरिने जानकारी दिए । “हामीले रोजगारदाता सङ्घसंस्थाको माग अनुसारका दक्ष कामदार उत्पादन गरेर पठाउँछौँ”, उनले भने, “यसबाट विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै सीप सिकेर सीपअनुसारको जागिर खान वा आयआर्जन गर्न सकिनेछ ।”

सन् २०१२ मा स्थापना भई काठमाडौं, इटहरी र पोखराजस्ता शहरमा यस पसलले सेवा प्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जीव निरौलाले बताए । हालसम्म देशैभरिबाट १ लाख ५० हजारभन्दा बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनको जिकिर थियो ।

उक्त पसलमा हाल पाँच हजारभन्दा बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजारभन्दा बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । उक्त पसलका शाखाप्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगन्जको शाखा कार्यालयमा आइ आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने र त्यस्ता व्यक्तिका लागि आवश्यकता अनुसारको तालीमको व्यवस्थासमेत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै