२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको जुलाघाटमा पूल निर्माणको माग गर्दै अनसन सुरु

२२ भाद्र २०७६, आईतवार १०:५४

भदौ २२, बैतडी | बैतडीबाट भारत जोड्न जुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी आजदेखि रिले अनसन सुरु गरिएको हो । उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो |

अनसनमा उद्योग बाणिज्य संघसंगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएका छन् । गोठलापानी बजारदेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भइ अनसन सुरु गरिएको छ |

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिले सम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नुपरेको संघर्ष समितिकाले बताएको छ | बैतडी आएको बेलामा सबै नेताहरु भाषण गरेर मात्र जाने र पुल बनाई दिन्छु बन्दै आश्वाशन मात्र दिने गरेको तर काम भने कहिल्यै नगर्ने उनीहरुको आरोप छ |

‘विस २०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ |

रिले अनसन हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजे बस्ने बताइएको छ। झुलाघाटमा मोटरेवल पुल निर्माणको लागी सरकार पक्षवाट प्रतिबद्धता नआउदासम्म अनसन जारी रहने संघर्ष समितिले जनाएको छ। झुलाघाट पुरानो नाका भएपनि नाकाको स्तरोन्नती तथा पुल निर्माणका लागि सरकारले पहल नगरेको व्यापारी हर्क बहादुर चन्दको आरोप छ।

भारत सरकारका तर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सर्वे गरिएको भएपनि त्यसपछि कुनै काम अघि बढ्न सकेको छैन्। झुलाघाट मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पनि हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु