2026-09-13 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको जुलाघाटमा पूल निर्माणको माग गर्दै अनसन सुरु

भदौ २२, बैतडी | बैतडीबाट भारत जोड्न जुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी आजदेखि रिले अनसन सुरु गरिएको हो । उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो |

अनसनमा उद्योग बाणिज्य संघसंगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएका छन् । गोठलापानी बजारदेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भइ अनसन सुरु गरिएको छ |

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिले सम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नुपरेको संघर्ष समितिकाले बताएको छ | बैतडी आएको बेलामा सबै नेताहरु भाषण गरेर मात्र जाने र पुल बनाई दिन्छु बन्दै आश्वाशन मात्र दिने गरेको तर काम भने कहिल्यै नगर्ने उनीहरुको आरोप छ |

‘विस २०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ |

रिले अनसन हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजे बस्ने बताइएको छ। झुलाघाटमा मोटरेवल पुल निर्माणको लागी सरकार पक्षवाट प्रतिबद्धता नआउदासम्म अनसन जारी रहने संघर्ष समितिले जनाएको छ। झुलाघाट पुरानो नाका भएपनि नाकाको स्तरोन्नती तथा पुल निर्माणका लागि सरकारले पहल नगरेको व्यापारी हर्क बहादुर चन्दको आरोप छ।

भारत सरकारका तर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सर्वे गरिएको भएपनि त्यसपछि कुनै काम अघि बढ्न सकेको छैन्। झुलाघाट मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पनि हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले