२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी

२०७६, २४ भाद्र मंगलवार १५:२८

भदौ २४, बैतडी । नेपाल—भारत सीमानाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि दबाब दिन बैतडीमा गएको दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालयअगाडि उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा आइतबारदेखि रिले अनसन शुरु भएको हो ।

उद्योग बाणिज्य संघका अध्यक्ष चन्दको संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरी रिले अनसन जारी रहेको हो ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीवासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिँदै आएका भए पनि अहिलेसम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक चन्दले बताउनुभयो ।

अनसनमा उद्योग बाणिज्य संघसँगै निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, रेडक्रस, पत्रकार महासंघ तथा होटेल व्यवसायी संघले समेत ऐक्यबद्धता जनाएको छ।


नेपाल तथा भारतको सिमानदी झुलाघाटमा पुल निर्माण भएमा व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै बिगत २ दशकदेखि माग राख्दै आए पनि सुनुवाइ नभएकाले अनसन शुरु गरिएको हो।

सीमा वारपार गर्न झुलाघाटमा हाल वर्षौं पुरानो जीर्ण झोलुंगे पुलबाट गर्नुपरेको छ।यसैबीच बैतडीका पूर्वसांसद तथा नेकपा केन्द्रीय सदस्य नरेन्द्र कुँवर, प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लिलाधर भट्टले अनसनकारीलाई भेटेका छन्। 

यसका साथै बैतडीको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुष्मा चन्दले पनि अनसनरतलाई भेट्नुभएको छ।

अनसनकारीलाई भेट्दै उहाँहरूले माग स्वभाविक रहेकाले आफ्नो तर्फबाट गर्नुपर्ने पहल गरिने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला