२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६ बर्षदेखि बन्द मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा

२०७६, २७ भाद्र शुक्रबार १६:०१

भदौ २७, मनाङ | मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा आज समिट एयरको विमान अवतरण गरेको हो । 

प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे विमानस्थलमा अवतरण गर्नुभएको थियो ।

 सो अवसरमा मुख्यमन्त्री गुरुङले विमानस्थल नियमितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

असोज महीनाको १० गते अन्तरराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थल नियमित उडान गराउने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै उहाँले यसले हिमाली क्षेत्रका स्थानीय बासिन्दाका साथै पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


मनाङ जिल्लाको हुम्डे विमानस्थलमा शुक्रबार अवतरण गरेको समिट एयरको विमान । सो विमानस्थल २०७० सालदेखि बन्द भएको थियो । तस्वीर: हरि बाँस्तोला

मन्त्री लम्सालले पर्यटनसँग सम्बन्धित निकायसँग सहकार्य गरी मनाङमा पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ भन्नुभयो । सांसद गुरुङले परीक्षण उडानले मनाङवासीमा उत्साह थपेको बताउँदै पर्यटन आवागमनको मौसममा नियमित उडान गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०३९ मा निर्माण सम्पन्न गरी सञ्चालनमा आएको ९०० मिटर लम्बाइको धावनमार्ग रहेको सो विमानस्थल २०७० सालमा कालोपत्र गरिएको थियो ।

एघार हजार १४५ फिट उचाइको हुम्डे विमानस्थल विश्वको १८औँ अग्लो स्थानमा रहेको विमानस्थल हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान