2026-07-03 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै स्थानीय द्वारा विरोध

2019-09-17

भदौ ३१, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेसँगै स्थानीय बासिन्दाले विरोध गरेका छन् | डिलाशैनी गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ साविकको डिलाशैनी गाविसवाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् | 

वडा नं ४ र वडा वडा नं ७ का स्थानीय बासिन्दाले केन्द्र चलखेल भएको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेका छन्। संघर्ष समितिको बैठकले मंगलवार गाउँपालिकाका सम्पर्क कार्यालय, जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिति, सत्तारुढ नेकपा र नेपाली कांग्रेसको जिल्ला कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने निर्णय गरेको छ। गाउँपालिकाको पहिलो बैठकले वडा नं ७ भित्र गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको भए पनि हाल आएर केन्द्र सार्ने चलखेल सुरु भएकोले आन्दोलित हुन बाध्य भएको स्थानीयको भनाई छ |

ज्ञापनपत्रपश्चात पनि गाउँपालिकाले कुनै सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने संघर्ष समितिका संयोजकमा कर्णबहादुर धामीले बताए। गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने राज्य पुनर्संरचना हुनुभन्दा पहिला साविकको डिलाशैनीमा अस्थायी रूपमा केन्द्र राख्ने निर्णय गरेको र पहिलो गाउँसभाले गाउँपालिकाभरी जुन ठाउँमा उपयुक्त ठहरियो सोही ठाउँमा केन्द्र राख्ने निर्णय गरेको बताए। गाउँपालिकाको केन्द्र कुन ठाउँमा उपयुक्त हुन्छ भनेर अध्ययनको लागि विज्ञ टोली बोलाउने निर्णय भएको र विज्ञ टोलीले बुझाएको प्रतिवेदनका आधारमा गाउँसभाले निर्णय गर्ने स्पष्ट पारे। 

गएको १ वर्षदेखि गाउँपालिकाले वडा नं ३ पंसेरामा सम्पर्क कार्यालय राखी कामकाज गर्दै आएको छ। यसअघि वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा बसेको स्थानीयको भेलाले २१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो। संघर्ष समितिका संयोजकमा कर्णबहादुर धामी, जनकबहादुर धामी र गणेश बहादुर धामीलाई चयन गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो