२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को राजमार्ग पार गर्न समय तोकियो, २२५ किमि सडक ५ घण्टामा सडक पार गर्नुपर्ने

५ आश्विन २०७६, आईतवार ०६:२६

असोज ५, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश अन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको हो । 

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार प्रदेश २ को पूर्वको सीमा सप्तरीको भार्दहदेखि पश्चिम बाराको पथलैयासम्म ५ घण्टा २५ मिनेटसम्म पुग्नुपर्ने हुन्छ । 

सार्वजनिक सवारी साधनलाई भारदहदेखि धनुषाको लालगढसम्मको ११५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने गरी टाइमकार्ड लागू भएको छ । यो नियम अनुसार लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटर दूरी २ घण्टा ४० मिनेटसम्म सबारी साधनलाई पार गर्नुपर्ने हुन्छ ।

पश्चिमबाट पूर्वतिर आउने सवारी साधनलाई पथलैयादेखि लालगढसम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेट र लालगढदेखि भारदहसम्मको १ सय २५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।

ट्राफिक कार्यालयले छोटो दूरीका लागि पनि टाइम कार्ड बनाएको छ । जसअनुसार भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर ४० मिनेटमा, शम्भुनाथदेखि कदमाहासम्मको २२ किलोमिटरको दूरी ३० मिनेटमा र कदमाहादेखि सिरहाको बन्दीपुरसम्मको ४३ किलोमिटरको दूरी ५५ मिनेटमा  पार गर्नुपर्ने छ ।


यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्मको २९ किलोमिटर ४० मिनेटमा, लालगढदेखि कर्मैयासम्मको ४९ किलोमिटर दूरी १ घण्टा २० मिनेटमा र कर्मैयादेखि पथलैयासम्मको ५० किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा पुग्नुपर्ने हुन्छ ।

टाइम कार्डको उल्लंघन गर्ने सवारीसाधनलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ । दशैंको बेला सवारी साधनको चाप हुने भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश २ ले टाइमकार्ड लागू गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

यसअघि काठमाठौंबाट सिन्धुलीको बाटो भएर पूर्वतर्फ आवत-जावत गर्ने वीपी राजमार्गमा पनि यसरी गरी टाइमकार्ड लागू भइसकेको छ । टाइम कार्डको प्रवन्धले दुर्घटना कम हुने, यात्रुलाई सहज हुने र यातायातको व्यवस्थापन सहज हुने ट्राफिक प्रहरीको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान