२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित

१० आश्विन २०७६, शुक्रबार ०८:५१

असोज १०, बैतडी | जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् ।  शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो ।

पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताउनुभयो । सडक बन्ला भन्ने सपना पनि थिएन, गाडीसमेत गुडेको देख्दा खुशी लागेको उहाँको भनाइ थियो । सडक उद्घाटनपश्चात् पिपलकोटमा पहिलोपटक म१ज २७२ नंको जिप पुगेपछि । स्थानीय बासिन्दाले उक्त जिपका चालक वीरेन्द्र महतालाई सम्मान  गरेका थिए ।उक्त गाउँपालिकाको वडा नं ४मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न पाइने भएको छ ।  यसका साथै खाद्यान्न र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सजिलो हुने पिपलकोटका व्यापारी दीपेन्द्र साउदले बताउनुभयो । 

सडकसम्म पुग्न तथा गाउँपालिका केनद्रसम्म पुग्न दुई घण्टा उकालो हिँड्नुपर्ने बाध्यता अहिले अन्त्य  भएको स्थानीयवासी मदन साउदको भनाइ थियो ।  सडक सञ्जाल विस्तार भएसँगै सस्तो र सुलभ मूल्यमा गाउँमै सम्पूर्ण सामान उपलब्ध हुने पिपलकोटका अर्का व्यापारी रामचन्द्र महताले बताउनुभयो । उक्त गाउँपालिका र जनश्रमदान करीब रु ३७ लाखको लागतमा उक्त सडक निर्माण भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो