२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा निर्माणाधीन पुल अलपत्र

२०७६, २६ आश्विन आईतवार १०:२३

असोज २६, गुल्मी । जिल्लाको सत्यवती गाउँपालिकाअन्तर्गत उरर्ली खोलामा निर्माणाधीन पक्की पुल तीन वर्षसम्म निर्माण सम्पन्न नहुँदा यतिबेला अलपत्र अवस्थामा छ । तीन वर्ष अघि निर्माण सम्पन्न भई सक्नुपर्ने उक्त पक्की पुल निर्माण व्यवसायीको लापर्वाहीका कारण अलपत्र परेको हो । 

कतिबेला पुल बन्ला र त्यही पुलको माध्यमबाट आवतजावत गर्न सहज होला भनेर पर्खेर बसिरहेका त्यस क्षेत्रका हजारौँ मानिस पुलको निर्माण कार्यनै अलपत्र परेपछि यति बेला थप निरास बन्दै जान थालेका हुन् । पुल निर्माणको जिम्मा पाएको लुम्बिनी शान्ति जेभी काठमाडौँले २०७३ साल कात्तिक २६ गते पुल निर्माणको काम सम्पन्न गरी सक्नुपर्ने सम्झौता गरेको थियो तर पुल निर्माण कार्य समयमै सम्पन्न हुनु त कता हो कता आधा निर्माण भएको संरचनासमेत जोखिमपूर्ण अवस्थामा अलपत्र अवस्थामा छोडिएको छ । 

पुल निर्माण शुरु गरेपछि त्यतिबेला त्यहाँका स्थानीय खुशीले गद्गद् बनेका थिए तर तीन वर्षसम्म पुल अलपत्र अवस्थामा पर्दा त्यस क्षेत्रका मानिसको खुशी पनि खोसिएको स्थानीय लक्ष्मण ढकालले बताउनुभयो । “आफ्नै घर अगाडि पक्की पुल बनेपछि सदरमुकाम तम्घास आवतजावत गर्न निकै सजिलो हुने भो भनेर निकै खुशी बनेका थियौँ तर तीन वर्षसम्म पुल अलपत्र बनेको र यसको निर्माण कार्यमा सम्बन्धित निकायले चासो नदिएकोमा हामी अत्यन्तै निराश बनेका छौँ”, उहाँले भन्नुभयो । 

रु पाँच करोड ५० लाख लागतमा पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी लुम्बिनी शान्ति जेभि काठमाडाँैले पुल निर्माणको काम ५० प्रतिशत पुग्दै गर्दा फाउण्डेशन खन्ने क्रममा खोलाको सतहवाट पानी आइरहेको र त्यसलाई हटाउन नसकिएको भन्दै त्यसको डिजाइन परिवर्तन गरि पाइल फाउण्डेशन गर्नुपर्ने माग राख्दै काम बन्द गरेको थियो । 

मदन भण्डारी राजमार्ग योजना एकाइ कार्यालय गुल्मीले भने निर्माण व्यवसायीले काममा आलटाल गर्ने गरी उक्त तर्क अघि सारेको र उक्त तर्कमा आफूहरु प्रविधिक हिसाबले विश्वस्त नभएको भन्दै निर्माण व्यवसायीले बहाना बनाएर कामबाट उम्कन खोजेको योजना प्रमुख सन्तोषकुमार कर्णले बताउनुभयो । 

गत तीन वर्ष अघि निर्माण सक्नुपर्ने उक्त पुल निर्माणका लागि स्थानीयवासीले पटकपटक राजनीतिक दलका नेतालाई गुहार्दै आइरहेका छन् । पछिल्लो समयमा उक्त पुलको निरीक्षण गर्दै परराष्ट्रमन्त्री प्रदीप ्कुमार ज्ञवालीले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्ने र ठेक्का होल्ड गरेर बस्ने गरेको भन्दै त्यस्ता निर्माण व्यवसायीलाई कारवाही गरिने बताउनुभएको थियो । जिल्लामा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उक्त अलपत्र अवस्थामा रहेको पुलको काम चाँडै सम्पन्न गर्ने आश्वासनसमेत दिनुभएको थियो ।  

सत्यवती गाउँपालिकाभित्र निर्माणाधीन अवस्थामा अलपत्र परेको उक्त पुलको बारेमा स्थानीयले पटकपटक गाउँपालिका कार्यालयमा गुनासो गरिरहेको हुँदा आफूले पनि गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायी र मदन भण्डारी राजमार्ग योजना एकाइ कार्यालयसँग पुल निर्माणको काम तत्कालै सञ्चालन गर्नका लागि पहल गरिरहेको भए पनि सरोकार निकायले त्यसमा खासै चासो नदेखाएका कारण काम अलपत्र परेको सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । यसरी लामो समयसम्म करोडौँको योजना यसरी अलपत्र परेपछि स्थानीय पनि पुल निर्माणको काम सञ्चालन होला कि नहोला भनेर थप अन्योलमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा