2026-09-13 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

कात्तिक ८, सप्तरी | तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ ।  

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेकोे इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   

तीन बालिका दीपावली (तिहार)को लागि घर लिपपोत गर्ने भन्दै कञ्चनरुप नगरपालिका–११ स्थित गोरपारमा कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बालिका पुष्पा कुमारीको मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् ।  

सोही ठाउँका लागू सरदारकी १५ वर्षीया छोरी मन्त्रिता सरदारको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन् । त्यस्तै मनिलाल सरदारको १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । 

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन