2026-09-13 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तिहारमा बैतडीको पुर्चौडी नगरपालिकाको ४ र ५ को सिङ्गो गाउँ शोकमा

कात्तिक १२, बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो “सबैतिर तिहारको रौनक छ तर यहाँका बोहरा गाउँ भने शोकमा डुबेको छ ।”

रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएपनि गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो । हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन् । 

उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका बताइएको छ । बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौंडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले जानकारी दिनुभयो । 

वीरा बोहराका श्रीमती छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएको बताइएको छ । वीरा बोहरा केही महिना अघि मात्रै दाजु भाउजु भेट्ने भनेर पिथौरागढ गएका थिए । मृतक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेका भएपनि उनी घटनापश्चात फरार रहेकी छन् ।  

कीर्रा बोहरा भने बझाङ पुगेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । कीर्रा फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उद्धित गर्दै भारतीय प्रहरीले जनाएको छ ।  

कीर्रा पहिलाको श्रीमान्लाई छोडेर हरे बोहरासँग बिहे गरेको उनका आफन्तले बताएका छन् । 

स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन् । रोजगारीको लागि भारत गएका युवा विभिन्न समस्या झेल्दै आएका छन् ।  

हत्या गरिएका तीनै जना मजदुरमध्ये एकजना कासी बोहराको शव आफन्तले बुझेका छन् भने दुई शव अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हत्याको विषयमा भारतीय प्रहरीसँग सहयोग आदानप्रदान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एकजना प्रहरी सहायक निरीक्षकलाई पिथौरागढ पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले