Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीन जनाको हत्या प्रकरण: एक जना पक्राउ

२०७६, १३ कार्तिक बुधबार १५:१९

कात्तिक १३, बैतडी | यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा शव फेला परेको थियो । पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । 

पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रहरी सहायक निरीक्षक महराले बताउनुभयो । उहाँका अनुसार कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुङ्गाले टाउको हिर्काएको र त्यसपछि धनबहादुर आफैले हँसियाले उनीहरुको लिङ्ग काटेको प्रहरीलाई बयान दिएका छन् । प्रसनि  महराले भन्नुभयो, “सबैले सँगै मापसे गरेको र आफूलाई रक्सी अझै खानुपर्छ भनेको खाँदैन भन्दा नमानेको र जबर्जस्ती गरेर खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा ढुङ्गा र हँसिया प्रहारले तीनै जनाको हत्या गरेको धनबहादुर भारतीय प्रहरीलाई बयान दिएका छन् ।” 

यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले अनुसन्धान तथा सोधपुछका लागि उनलाई कात्तिक ११ गते बझाङबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो । 

हरिश बोहराले कलावतीसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए । कलावतीले हरिश बोहरासँग दोस्रो विवाह गरेको बुझिएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो । मृतक तीनै जनाको उनीहरुका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन् । भारतमा सामूहिक हत्या भएपछि उनीहरुको गाउँ नै शोकमा डुबेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली