२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीन वटै वडामा काङ्ग्रेसको उम्मेदवार टुङ्गो

२०७६, २२ कार्तिक शुक्रबार १३:२९

 कात्तिक २२, बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बैतडीका तीन वटै वडामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।  सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका चार र दोगडाकेदार गाउँपालिका–चारमा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ । 

नेपाली काङ्ग्रेस सुर्नया गाउँपालिका– १ को वडा कार्यसमितिको बैठकले वडाध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ । यस्तै पुर्चौडी नगरपालिका– ४ मा गोविन्दबहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । साथै दोगडाकेदार गाउँपालिका– ४ मा सुरेन्द्रप्रसाद भट्टलाई पनि वडाध्यक्षको उम्मेदवार सर्वसम्मत् रुपमा बनाउने निर्णय भएको हो ।

यस्तै सुर्नया गाउँपालिका– १ मा काङ्ग्रेसले प्रचारप्रसार समिति गठन पनि गरेको छ । प्रचारप्रसार समितिको संयोजकमा दासीराम टेलर र उपसंयोजकमा पदमराम टेलर छन् । वडा कार्यसमितिबाट सिफारिस भएका व्यक्तिको नाम जिल्ला कार्यसमितिले अनुमोदन गरेको कोषाध्यक्ष पाण्डेयले बताउनुभयो ।

सत्तारुढ नेकपाले यसअघि नै आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ ।  यसका साथै साना दलले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा