2026-09-13 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सुत्केरीलाई उपाध्यक्षको कोसेली

कार्तिक २५, बैतडी | बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।  गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए |

पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए।  उक्त कार्यक्रमका लागि गाउँपालिकाले  चार लाख २० हजार रकम विनियोजन गरेको छ। उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए। उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताए। दोगडाकेदार गाउँपालिकाका वडा नम्बर ४, ५ र ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन्। 

गाउँपालिका पूर्ण पोषणयुक्त घोषणा हुँदै

दोगडाकेदार गाउँपालिकाका दुई वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएका छन्। दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ र  ५ लाई पूर्ण पोषणयुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। 

पूर्ण पोषणयुक्त घोषणाका लागि आवश्यक सूचक पूरा गर्नका लागि दुई वडा लागिपरेका छन्। पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, छ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र पाँच वर्षमुनिका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ए र जुकाको औषधि खाएको हुनुपर्ने दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली स्वास्थ्यचौकीका इञ्चार्ज नैनसिंह गोयलाले जानकारी दिए।

यसका साथै एक वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टिटीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी हुनुपर्नेलगायतका सूचक हुनुपर्ने उनले बताए। पूर्ण पोषणयुक्त घोषणाका लागि गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन