2026-09-01 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन

 मङ्सिर ४, तम्घास । गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् ।

मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ । 

छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन ।

पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

पूजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरीचौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन