माघ ५, प्युठान | प्युठानमा श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ |
नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनले पुस ६ गते ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ |
उनलाई श्रीमती हत्या गरेको आरोपमा प्युठान जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ | मदिरा सेवनमा कारण झगडा भएको र शेरचनले श्रीमतीलाई कुटेर हत्या गरेको प्रहरीको भनाई छ |