2026-06-25 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते (नामावली सहित )

2020-03-04

फागुन २१, बैतडी | बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् | जिल्लाको महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल घाइते भएका हुन् |

घाइतेहरुलाई उपचारका लागि बैतडी र दार्चुला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ |  प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शंकर दत्त भट्टको टोलीले घाइतेहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए | बसमा रहेका अन्य ३५ जनाको अवस्था भने सामान्य रहेको उनले बताए |

महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा नालीमा पल्टिएको हो | बस चालक दिपक बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा