२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार(अपडेट)

२५ फाल्गुन २०७६, आईतवार १०:०६

फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिका– ६ मा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ | दुर्घटनामा परि गम्भीर घाइते हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका- ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाल रहेका छन |

डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई नेपाली  सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए | आइतबार बिहान बैतडीको पाटन जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएका दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरेको जनाइएको छ |

दुर्घटनामा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय जिप चालक धनसिंह बडालको मृत्यु भएको हो।  धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट(१२५७) सुप ००१ ज १२५७ नम्बरको जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ मा दुर्घटनामा परेको थियो जिप सडकबाट २५० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण खुलेको छैन |

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले पहलमा उनीहरुको उद्धर गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य