2026-09-12 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा

चैत ११, प्युठान |  सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै प्युठानबाट ३० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मङ्गलबार दिउँसोसम्ममा त्यति सङ्ख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताउनुभयो ।

परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिइएको भए पनि अनावश्यकरूपमा सवारी साधन चलाउने र कतिपय नागरिक लकडाउनको बारेमा अनभिज्ञ भएका कारण पनि आफूले मोटरसाइकल चलाएको बताउने गरेको निमित्त प्रहरी प्रमुख ढकालको भनाइ छ ।

पक्राउ परेकामध्ये जानकारी नभएकालाई जानकारी गराउने र अटेर गरेर मोटरसाइकल चलाएकालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।

यसैबीच जिल्ला भित्रिएका करिब ५०० को हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिएको ढकालले बताउनुभयो । कोरोनाको बढ्दो प्रकोप नियन्त्रणका लागि जिल्लाको ददेरीमा सोमबारदेखि जिल्ला विपद् व्यवस्थापन समितिले हेल्थ डेस्कसमेत सञ्चालनमा ल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन