2026-11-02 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा क्यान्सर अस्पताललाई आइसोलेशन कक्षका रुपमा प्रयोग गरिने

चैत १२, बाँके | बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेशनका रुपमा प्रयोग गरिने भएको छ । 

स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि आइसोलेशन बनाउने प्रक्रिया अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार, प्रदेश नं. ५ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी नेतृत्वको टोलीले मङ्गलवार अस्पतालको अवलोकन तथा बैठक गरी कोरोना भाइरस सङ्क्रमितहरुको उपचारका लागि आइसोलेशन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नेगरि विभिन्न निर्णय भएपछि क्यान्सर अस्पताललाई पनि अव आइसोलेशनको रुपमा प्रयोग गर्न सकिने भएको छ । 

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरि भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, नेपाली सेना र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यक भए करार सेवा लिन छोटो प्रक्रिया अपनाएर खटाउनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा ८ सदस्यीय उपसमिति समेत गठन गरिएको बताउनुभयो । 

कोरोना भाइरस सङ्क्रमित विरामीलाई उपचारको लागि लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा करिब ५ शैय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा छ । यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ ।

बाकेमा सङ्क्रमण फैलिन नदिन शङ्कास्पद विरामीको लागि क्वारेन्टाइन, आइसोलेशन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, भेरी अस्पताल र लायन्स डेण्टल अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन सञ्चालनमा आइसकेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी क्वारेन्टाइनका लागि चिकित्सक, स्वास्थ्यकर्मी लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द