2026-09-01 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुसिकोट नगरपालिकामा निशुल्क एम्वुलेन्स, पिपिइ सहितका स्वास्थ्यकर्मि तयार

कमल पौडेल | चैत १६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिकाले कोरोना भाइरसवाट वच्न घर भित्रै बस्न र विदेशवाट आएका सवैजनालाई घरकै एकान्तवासमा वस्न आग्रह गरेको छ । भने कोरोनाका संभावित विरामीलाई राख्न रुद्रावति बहुमुखि क्याम्पसमा १० वेड सहितको क्वारेन्टाइन स्थल र प्रत्येक वडामा १० वेडका क्वारेन्टाइन स्थल तयार गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै विरामीको सहजताको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिका भित्रका सवै स्वास्थ्य चौकी र एम्बुलेन्स चालकलाई साधारण व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । 

मुसिकोट नगरपालिका भित्र साधारण १६ ओटा व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटक्टिभ इक्युपमेन्ट पिपिइ) वितरण गरिसकिएको र गुणस्तरीय १० ओटा पिपिइ आउँदै गरेको प्रमुख सापकोटाले जानकारी दिनुभएको छ। नगरपालिकाले थर्मोमिटर गन सहित वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्य चौकीमा हेल्थडेक्सको स्थापना गरेर सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख डिवि जिसिले जानकारी दिनुभएको छ । 

नगरपालिका भित्र ५ ओटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य कर्मिलाई ग्लोव, मास्क र सेनिटाइजर सहित तयारी अवस्थामा राखिएको र स्थानिय रुपमा उत्पादन गरिएका ३० सेट गाउन सहित स्वास्थ्यकर्मि परिचालन गरेको स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध