2026-11-02 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

चैत २२, सप्तरी | सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । 

भारतका विभिन्न ठाउँबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु डा दासले बताउनुभयो ।

यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ । हालसम्म सिरहाको गोलबजारस्थित क्वारेन्टाइनमा २५ जना रहेको क्वारेन्टाइनका इञ्चार्ज निरन्जन सिंहले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द