२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

धार्मिक आस्थाका केन्द्र सुनसान

२८ चैत्र २०७६, शुक्रबार ०९:४०

नीरज गौतम | चैत २८, नेपालगञ्ज | श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान देखिएको छ ।   कोभिड—१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि माता बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको छ । 

‘मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको भेटी खर्चको मूलआधार नभए पनि त्यसले महत्वपूर्ण अर्थ राख्ने गरेको छ’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भन्नुभयो । उहाँका अनुसार, मन्दिरको मासिक सरदर रु पाँच लाख खर्च भाडा पसलले धान्ने गरेको छ । सडक विस्तारका क्रममा मन्दिरको पूर्वदक्षिणतर्फको भत्काइएका पसल नबनेकाले  भने खर्च धान्न केही कठिनाइ भएको सचिव अधिकारीले बताउनुभयो ।

सतीदेवीको जिब्रो पतन भएको स्थानमा स्थापना भएको मानिने बागेश्वरी मन्दिरमा श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेहरुको मनोकामना पूरा हुने जनविश्वास  छ । मन्दिरका मूल महन्त चन्द्रनाथ योगी भन्नुहुन्छ, ‘ मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनले बागेश्वरी माताको खुला दर्शन गरेमा सबै कष्टबाट मुक्ति पाउने गरेका छन् ।’ लकडाउनअघि मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनका लागि तोकिएको समयमा खुला दर्शन गर्न पाउने व्यवस्था पनि हुन्थ्यो ।

नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटामध्ये पश्चिमतर्फको साँघुरो र अहिले निर्माणका क्रममा  छ । बाटाका दुवै छेउमा ठेला र गुम्ती पसल राख्नाले अझ साँघुरो भएको छ । मन्दिर प्रवेश गर्ने पूर्वतर्फको न्युरोड भने फराकिलो छ ।

 मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ्ग, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीमा पूजापाठ गर्न आउने  गर्थे । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ ।  मन्दिरमा दशैंको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा छ । मन्दिर परिसरमा नेपालकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ति आकर्षणका रुपमा रहेको ।

बागेश्वरी मन्दिरसंगै नेपालगञ्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएका छन् ।  धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य