२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा तीनजना आइसोलेशनमा भर्ना

२०७७, ३ बैशाख बुधबार १५:०४

वैशाख ३, बैतडी | जिल्ला अस्पताल बैतडीमा तीनजनालाई आइसोलेशनमा भर्ना गरिएको छ । सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि आज आइसोलेशनमा भर्ना गरिएको अस्पतालका अहेब हरिश पन्तले जानकारी दिनुभयो । 

युवती अस्पताल पुर्याउन आएका उनका बुबा र भाइलाई आइसोलेशनमा राखिएको छ । कोरोनाको आशङ्का गरिएकी युवतीलाई आइसोलेशनमा राखिएको हो । युवतीको र्यापिड डाइग्नोस्टिक टेष्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । युवतीको स्वास्थ्य अवस्था अहिले समान्य रहेको र सुधार नभए थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । 

उनीसँगै आएका दुईजना भने सामान्य रहे पनि युवतीसँगै आएकाले आइसोलेशनमा राखिएको डा जोशीले बताउनुभयो । यसअघि कोरोनाको आशङ्कामा तीनजनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको भएपनि तिनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी