२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ : दुई हजार नमूना सङ्कलन

१७ बैशाख २०७७, बुधबार ०३:४१

वैशाख १७, महोत्तरी | कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको  नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो ।

अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । मङ्गलबार रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको  बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको प्रदेश नं २ कोस्वास्थ्य निर्देशनालयको कार्यालय, जनकपुरधामले जनाएको छ ।

प्रदेशमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ । हालसम्म सङ्कलित स्वाबमध्ये ९७६ को परीक्षण नतिजा आएको छ, जसमा नौ जनामा सङ्क्रमण पुष्टि भएको र ९६७ को नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत बिजयकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ, यसमा पर्साका पाँच, रौतहटका तीन र सर्लाहीका एक रहेका छन् । प्रदेशमा सङ्क्रमितमध्ये पर्सामा भेटिएका तीन भारतीय र रौतहटका एक उपचारपछि निको भएर घर फर्किसकेका छन् । अब पर्साका दुई, रौतहटका दुई र सर्लाहीका एक उपचाररत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान