२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

घाइतेलाई सेनाको जहाजमा उद्धार, बाँकेमा पाँचको निधन

२१ बैशाख २०७७, आईतवार ०८:१७

वैशाख २१, बाँके | नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते हुनुभएका प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ ।  शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उहाँका काका खिलप्रसादले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो ।  शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उहाँका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उहाँ घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बाँकेमा पाँचको निधन

बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् । अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कानुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण  छन् । चैतमा भएका छ दुर्घटनामा दुई जना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।  कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार बढीजसो दुर्घटना तीव्र गति र चालकको लापर्वाहीले हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य