2026-09-01 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी मदानेमा थप एकमा कोरोना संक्रमण

जेठ १०, गुल्मी | गुल्मी, मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको  पिसिआर रिपोर्टमा ३१ वर्षीय  पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

मदानेका ४१ वर्षीय शिक्षकमा यही जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालयले प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो ।  तीमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज  रिपोर्ट आएका पाँचमध्ये बैंक कर्मचारी एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उहाँलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पनि कहाँ र कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै