राम नारायण पंडित, साउन ६, सिरहा । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, साउन ६, सिरहा । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजा"/>
2026-09-11 10:58 PM
समाज

सिरहामा सामुदायिक संस्थालाई सहकारी बनाउन महिलाहरु सक्रिय

राम नारायण पंडित, साउन ६, सिरहा । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजारको साझेदारीमा जागृति महिला उद्धार सामुदायीक संस्था स्थापना गरी बचत तथा ऋण सुरु गरेपछि महिलाहरुमा परिवर्तन आएको हो ।

सामुदायिक संस्थाबाट सस्तोमा व्याज लिएर विभिन्न आयआर्जनको काम गरेपछि अहिले हामीलाई निकै सहज भएको संस्थाका सदस्य अम्वरमाया गुरुंगले सुनाए । कोषमा रहेको रकम व्यवसायीक बाख्रा, गाई, भैसी, बंगुर पालनमा लगानी भएको संस्थाका अध्यक्ष चिना रानाले बताईन । व्यसायको आम्दानीले  घर चलाउने, छोराछोरी पढाउने काममा विशेष लगानी भएको अध्यक्ष रानाले बताए । ८ वर्ष अघि सम्म हजार रुपैयाँ आश्यक पर्दा पनि हामीलाई साहुकोमा जानुको विकल्प थिएन, तर आज अवस्था फेरिएको सदस्य ललिमाया रानाले बताइन् ।

संस्थामा आवध भईसकेपछि आफूहरुलाई निकै सहुलित भएको छ, हामीलाई चाहिएको वेला संस्थासँग माग गर्दा आवश्यक रकम पाउने गरेको रानाले सुनाईन् । दुई पटकमा घुम्ति कोषको लागि केन्द्रले पाँच लाख ३६ हजार छ सय ३५ रुपैयाँ संस्थालाई दिएपछि महिलाहरुले त्यसैलाई निरन्तर रुपमा संचालन गरी अहिले करिव १० लाख पुर्याएको छ । २०६५ सालमा स्थापना भएको संस्थालाई कोषको सहयोगमा २०६५ बैशाख १८ गते तीन लाख २१ हजार नौं सय ८१ रुपैयाँ र साउन २० गते दोश्रो पटक दुई लाख १४ हजार ६ सय ५४ रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष जगमाया शुसलिङले बताए । संस्थाले कोषबाट संचालित घुम्ति कोषबाट मासिक सयकडाँ एक रुपैयाँ र बचतबाट मासिक २ रुपैयाँ सयकडा व्याजमा लगानी गर्ने गरेको सचिव एमकुमारी बलम्वाकीले जानकारी दिईन ।

उनले एक जना सदस्यलाई बढीमा ४० हजार रुपैया लगानी गरेको पनि बताए । कारोवार फराकीलो हुँदै गएकाले आफूहरुले संस्थालाई सहकारीमा बदल्न चाहेको संस्थाकी अध्यक्ष चिना रानाले जानकारी दिइन् । महिला उद्धार सेवाकेन्द्रका गरिवी निवारण कोषका संयोजक दिपेश कुमार सिंहले हामीले हेरीरहेको संस्थाहरु मध्येकै नमुना संस्था जागृति भएको बताए । यसलाई सहकारीमा दर्ता गराउन पनि पहल भईरहेको संयोजक सिंहले बताए । महिलाहरु आफैले देउसी भैलो खेलेर कार्यालयकोलागि दराज, कुर्सी, टेवल लगाएतका सामाग्री खरिद गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस