2026-09-12 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेका ६९ कोरोना जितेर घर फिर्ता

जेठ २६, बाँके | बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । 

जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै कोरोना पराजित गर्नेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नरैनापुर गाउँपालिका वडा नं १ का १, वडा नं ४ का ३ र वडा नं ३ का १६ गरी २० ले कोरोनालाई जितेर घर फर्किएका हुन् । 

खजुरास्थित आइसोलेशन अस्पतालबाट ३१, जानकीस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट २०, नेपालगञ्जस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट १२ र कोरोना आइसोलेशन अस्पताल बेलझुण्डी दाङबाट छ जना निको भई घर फर्किएका हुन् । 

बाँकेमा सोमबार दिउँसोसम्म एक जनाको ज्यान जाने गरी कोरोना सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ । सोमबार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएका नमूनामध्ये बाँकेको जानकी गाउँपालिका– ४ को एक जनामा सङ्क्रमण देखिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन