2026-09-12 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नाबालकसहित आठमा सङ्क्रमण

जेठ २६, दाङ | दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङमा प्युठानका दुई नाबालकसहित आठ सङ्क्रमित भेटिएका छन् ।  प्युठान नगरपालिकाका  आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये वडा नं २ का तीन र  वडा नं ३ का पाँच जना छन् । सङ्क्रमित दुई वर्षीय बालक तथा १५, १६, १७, १८,१८,३२ र ३६ वर्षीय पुरुष छन् । 

यही जेठ ६ गते आएका  गढवा गाउँपालिकाका दुई जनामा जेठ १५ गते पिसिआर पोजेटिभ देखिएपछि खोजी गरिएकामा प्युठान नगरपालिकाका सँगै आएका दुईसहित ३३ जनाको पिसिआर परीक्षणमा आज आठ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । 

भारतका चेन्नेइ, चण्डिगढ र जालन्धरबाट आएका उनीहरुलाई कृष्णनगरबाट प्युठान – ३ स्थित सरस्वती प्राविको क्वारेन्टिनमा राखिको थियो । उनीहरु क्वारेन्टिनको सम्पर्कमा आएपछि  पोजेटिभ देखिएको प्रमुख सुवेदीले बताउनुभयो । गढवामा पोजेटिभ देखिएकासँगै आएका ३१ मध्ये प्युठान नगरपालिकाका दुई तथा गाउँपालिका मल्लरानीका चार र सरुमारानीका २५  छन् । तीमध्ये सरुमारानीका एक जनामा आइतबार कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।  

उनीहरुसँगै आएका सरुमारानीका १९ वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि आज सोमबार आइसोलेशन अस्पताल दाङ पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् । 

दम्पतीसहित १८ सङ्क्रमित

राजापुर– बर्दियामा आज एकैदिन १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका मधुवन र  बारबर्दियाका दुईदुई, ठाकुरबाबाका तीन र बाँसगढीका नौ गरी १८  कोरोना सङ्क्रमित थपिएका छन् । बारबर्दियामा पहिलो पटक कोरोना सङ्क्रमित हुने श्रीमान् र श्रीमती भएको बताइएको छ  । बारबर्दिया –७ रम्मापुरका ३४ वर्षीय र ३३ वर्षीया दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो  । 

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट उनीहरु १६ दिनअघि भारतको राजस्थानबाट घर फर्केका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । कोरोना परीक्षण गरेर घर फर्काउने बेलामा रिपोर्ट पोजेटिभ आएको थियो । सङक्रमित दम्पतीलाई जयनगरस्थित आइसोलेशनमा राखिने नगर प्रमुख थारुले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन