2026-09-13 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

२०० विद्यालय क्वारेन्टिनमा प्रयोग

असार ४, बैतडी | यहाँका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । जिल्लाका ९५ प्रतिशत विद्यालय क्वारेन्टिमा परिणत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । हाल २५० स्थानमा गरी छ हजार ९८९ बेडका क्वारेन्टिन रहेका छन् । उहाँले भन्नुभयो, “खुला ठाउँ र राख्नको लागि सहज हुने भएको विद्यालयमा बढीजसो क्वारेन्टिन निर्माण गरिएका हुन् ।” यस्तै केही स्वास्थ्यचौकी, सामुदायिक भवनमा पनि क्वारेन्टाइन बनाइएका छन् ।

यस्तै चार स्थानमा ३६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो । भारतलगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हाल तीन हजार जना क्वारेन्टिनमा बसिरहेका छन् ।  

त्यस्तै कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै पूर्वतयारीस्वरुप बैतडीमा कम्तीमा २०० बेडको आइसोलेसन कक्ष बनाइँदैछ । कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै जिल्लामा आइसोलेसन बेडको सङ्ख्या बढाउँदै लगिएको हो ।  जिल्लामा २७ सङ्क्रमित र ४०० बढीको आरडिटी पोजेटिभ आएर रिपोर्ट आउँन बाँकी छ । पिसिआर रिपोर्ट आउँन बाँकीमा कोरोना पुष्टि भइहाले पनि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा राख्ने तयारीका साथ आइसोलेसनमा बेडको सङ्ख्या बढाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा कम्तीमा २० बेड  क्षमता भएका आइसोलेसन बनाउन पत्राचार गरिएको छ ।” 

कोरोना भाइरस जोखिम नियन्त्रण तथा रोकथाम जिल्लास्तरीय समन्वय समितिको बैठकबाट निर्णय भएबमोजिम आइसोलेसन निर्माण गरिने लागिएका हुन् । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको र धेरैले निर्माण प्रक्रिया पनि शुरु गरिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित थपिन सक्ने भएकाले पूर्वतयारीस्वरुप पालिकामा आइसोलेसन वार्ड निर्माणका काम भइरहेको छ ।” बैतडीका विभिन्न स्थानमा गरी यसअघि ३२ बेडको मात्रै आइसोलेसन रहेको छ । हालसम्म जिल्लाका २७ जनामा कोरोना पुष्टि भएको छ । 

परीक्षणमा ढिलाइ

जिल्लामा शङ्कास्पद र आरडिटी पोजेटिभ आएका नागरिकको पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा समस्या हुने गरेको छ । स्वाब सङ्कलन भएको एक हप्ता बढी भइसकेको भए पनि रिपोर्ट नआउँदा महिना दिनसम्म क्वारेन्टिनमै बस्नुपर्ने बाध्यता रहिआएको छ । सुदूरपश्चिम प्रदेशमा एक मात्र पिसिआर प्रयोगशाला धनगढीमा रहेकाले नमूनाको चाप बढ्दा समयमै रिपोर्ट नआउने समस्या रहेको छ । प्रदेश सरकारले गत चैतमा प्रदेशका बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने भने पनि तीन महिना पुग्नै लाग्दासमेत हालसम्म पनि स्थापना हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन