२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सुत्केरीलाई कोराना भेटिएपछि तीन गाउँ सिल

७ असार २०७७, आईतवार ०९:४४

असार ७, गुल्मी। गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ ।  

सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनु भएको छ । ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । 

सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आउनुभएको थियो । भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उहाँको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उहाँकी श्रीमतीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयो ।

जिल्लामा मध्याह्नसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएको र तीनजना भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे