Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीको कल्याणपुरमा भएको दुर्घटनामा दुईको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ११, राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी  ३० वर्षीय वीरेन्द्र दास र  उनकी  ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको  स १ झ  ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा  ठक्कर  खाएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार  आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । रासस