2026-09-12 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण

असार २४, झिमरुक । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१  असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताउनुभयो । 

 पालिकाका सात वटा वडाका एकल महिलाले बाख्रा पाएका छन् । सोका लागि मुख्यमन्त्री कार्यक्रममार्फत रु सात लाख बजेट विनियोजन गरिएको थियो ।

 वृद्धवृद्धा सम्मानित 

 गाउँपालिका क्षेत्रका एक सय वृद्धवृद्धालाई सम्मान गरिएको छ । सामाजिक संरक्षण कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो । तिनलाई हर्लिक्स, थर्मस, छाता, कम्बललगायत सामाग्री वितरण गरिएको सहजकर्ता केसीले बताउनुभयो । सो कार्यक्रमका लागि रु तीन लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै कार्यक्रममार्फत गौमुखी क्षेत्रका ७ वडामा तीन वटाको दरले २१  प्लाष्टिक टनेल, दुई नर्सरी स्थापना, सात उत्कृष्ट कृषकलाई सम्मानलगायत कार्यक्रम गरिएको थियो ।  त्यस्तै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका १६ कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको छ ।

व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई सहयोग पु¥याउने उदेश्यले प्लाष्टिक टनेल वितरण गरिएको सहजकर्ता हेमराज अधिकारीले बताउनुभयोे । यसको प्रयोगले मौसमी तथा बेमौसमी तरकारी खेती गरी व्यावसायिक कृषक बन्नका लागि भूमिका खेल्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन