2026-07-25 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बाढीले हजारौँ घर डुबानमा, कोसी ब्यारेजका ३२ ढोका खोलियो

साउन ९, सप्तरी | शुक्रबारदेखिको अविरल वर्षासँगै जिल्लाका तीनवटा खोलामा आएको बाढीले सप्तरीका विभिन्न १३ वटा गाउँ–टोलका झन्डै दुई हजार घर डुबानमा परेका छन्। सदरमुकाम राजविराजका वडा नम्बर ५ र ८ मा पनि वर्षाको पानी निकास हुन नसकेर ८० वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ।

 खाँडो खोलामा आएको बाढीले तिलाठी र सकरपुराका झन्डै ७ सय घर डुबानमा परेका छन्। सोही खोलाको बाढीले देउरी भरुवाका सय, तोपाका सय, कजौलीका सय, रम्पुरा मल्हनियाँका ८५ र कोइलाडीका ५५ घर डुबानमा परेका छन् | सप्तरीको दिघुवास्थित मुसहर बस्तीमा खाँडो खोलाको बाढी पस्दा सय घर डुबानमा परेको स्थानीयले जानकारी गराएका छन्। 

 त्यसैगरी, जिता खोलाको बाढीले महादेवाका सय र भगवतपुर तथा बथनाहा लौगी टोलका ५०–५० घर डुबानमा परेका छन्। महुली खोलाले सप्तरीको धनपुरीमा दुई सय मिटर बाध कटान गरेपछि पोर्ताहाका विभिन्न चार वडाका तीन सय २५ र भारदहका सय घर डुबानमा परेका छन्। 

 डुबानमा परेका तीन सय घरपरिवारको उद्धार 

अविरल वर्षाले डुबानमा परेका घरपरिवारको प्रहरीले उद्धार गरेको छ। मोरङको हसन्दह, महादेवा, कटहरी, अमरदहलगायतका गाविसका विभिन्न वडामा डुबानमा परेका घरपरिवारको प्रहरीले उद्धार गरेको हो। हसन्दह– ३ जयनगरमा बक्राहा खोलामा आएको बाढी बाँध नाघेर गाउँमा पसेपछि अमरदहका विभिन्न वडाका २० घरपरिवार डुबानमा परेका थिए। उनीहरूलाई इप्रका रंगेली, र पथरीबाट खटिएको टोलीले उद्धार गरेको हो।

यसैगरी, बक्राहा खोलामा आएको बाढीले तटबन्ध भत्काएपछि बाँध भत्कने भयले त्रसित बनेका हसन्दह ३ र ५ का करिब दुई सय ५० घरपरिवारलाई स्थानीय सुगा निमाविमा तत्काल सारिएको मोरङ प्रहरीले जनाएको छ। महादेवा गाविसमा अविरल रूपमा परेको पानीले गर्दा एक दर्जन मुसहर परिवारको घर भत्किएको इप्रका सिजुवाले जनाएको छ।

यसैगरी, मधुमल्ला गाविसमा पनि बक्राहा खोलाको बाढीले दश घरपरिवार विस्थापित बनेका छन्। डायनिया र कटहरीमा पनि केही घर परिवार विस्थापित बनेका छन्। 

कोसी ब्यारेजका ३२ ढोका खोलियो 

कोसीको बहाव यस वर्षकै उच्च भएपछि कोसी ब्यारेजका ५२ ढोकामध्ये ३२ ढोका खोलिएको छ। कोसी ब्यारेजको पुलमाथिसम्म पानी पुगेपछि ढोका खोलिएको हो। शनिबार दिउासो दुई बजे कोसीको बहाव दुई लाख ३८ हजार पाँच सय ५० क्युसेक मापन गरिएको कोसी ब्यारेज प्रहरी चौकीका सइ भीम थेबेले जानकारी दिए।

कोसीले पूर्व–पश्चिम क्षेत्रमा कटान गरिरहेकाले प्लस्टर टिम पनि तयारी अवस्थामा बसेको सुनसरी प्रशासनले जनाएको छ। खतरा बढे जनतालाई त्यहाँबाट अन्यत्र सार्ने गरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए। – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक