२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आठ स्थानीय तह पहिराको उच्च जोखिममा

२६ असार २०७७, शुक्रबार ०८:४५

असार २६, बैतडी | देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेका छन् ।

मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिममा रहेका हुन् । विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भए पनि आठ वटा स्थानीय तह पहिराको उच्च जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । 

अहिलेसम्म पहिराले पुर्याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्नया र पाटनबाहेक अरु स्थानीय तह पहिराको उच्च जोखिममा छन्, यी दुई स्थानीय तहमा पनि जोखिम कायमै छ ।” जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । उहाँले विगतका वर्षमा बाढीपहिराले गराएको क्षति र अझै सम्भावना रहेका आधारमा उच्च जोखिममा राखिएको बताउनुभयो । 

जिल्लाको डिलाशैनी गाउँपालिकाको बाङ्गाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारी खेतलगायतका ठाउँ पहिराको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिराको उच्च जोखिममा छन् । 

यस्तै जिल्लाको पुरर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिराको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिराका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष पहिरो नियन्त्रण भनेर बजेट आउने गरेको भए पनि पहिरो नियन्त्रण हुन सकेको छैन ।”

चार स्थानीय तहमा विपद् व्यवस्थापन योजना छैन

जिल्लाका आठ स्थानीय तह पहिराको उच्च जोखिममा रहेको भए पनि यहाँका स्थानीय तहमा अझै विपद् व्यवस्थापन योजना बनेका छैनन । स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बढी भइसक्दासमेत विपद् व्यवस्थापन योजना नबन्दा विपद्का बेला समस्या हुने गरेको छ । 

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि बैतडीका चार वटा स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाउन नसकेका हुन् । 

जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । उनीहरुले कार्यविधि बनाएर काम गरिरहेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भए पनि नगरसभाबाट पारित भने गर्न सकेको छैन । चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताउनुभयो । 

स्थानीय तहसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्का बेला व्यवस्थापन योजना नहुँदा विपद्मा परेका नागरिकलाई झन समस्या हुने गर्दछ ।” स्थानीय सरकारसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्का समयमा राहत, उद्धार तथा अन्य कार्य परिचालन गर्न समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका प्रत्येक स्थानीय तहलाई विपद् व्यवस्थापन योजना बनाउन भनेका छौँ ।” बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य