राम नारायण पंडित/साउन १०, सिरहा । साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । 

साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १०, सिरहा । साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । 

साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् "/>

३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असल श्रीमान पाउँन सोमवारी ब्रत

१० श्रावण २०७३, सोमबार ११:४९

राम नारायण पंडित/साउन १०, सिरहा । साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । 

साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । खास गरेर असल श्रीमान पाउँने उद्ेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरुले बताउँछिन् । महिलाहरु हातमा मेहन्दी, चुड्ी र हरियो बस्त्रमा अहिले नव दुल्ही झै सजिएकी छिन् । 

साउन महिनामा भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा महिलाहरुले लिने गरेकी छिन् । अहिले महिलाहरुको पहिरन पनि रातो, पहेँलो र हरियो मात्र रहेको पाईन्छ ।  

कुर्ता सुरुवाल र हरियो सारीमा सजि हातमा विभिन्न डिजाइनका मेहन्दी लगाउने महिलाहरुको पनि कमी छैन् । साउन महिनाको प्रत्येक सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुषहरु बमहरुको घुइँचो लाग्ने गरेकोले उक्त दृश्य साउन महिनालाई थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । 

साउन महिनामा सबै दुखः कष्ट बिर्सेर रातो मेहन्दी र हरियो चुड लगाई सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । 

त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । “साउन महिनामा मेहन्दी, हरियो चुड र रातो पहेलो कपडा लगाई व्रत बस्नाले चाहको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ” उनीहरुले बताउँछिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो