2026-11-02 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

भेषराज बस्नेत । साउन १४, राँझा । राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारीका नौवटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । वडा नं १ मा पर्ने सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नं २ का मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर  वडा नं ४ का लालपुर, धामपुर र भगवानपुर  वडा नं ५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको बुढाथोकीले बताउनुभयो ।

राप्तीसोनारीको ६ नं वडाका खल्लाटेपरी, गोडियनपुर्वा, वडा नं ७ का खल्ला झगडिया, वसन्तापुर, भवनियापुर, पहाडीपुर, देउपुर्वा, पिप्रहवा, गेदवा, सोनपुर पनि राप्ती नदीको उच्च जोखिममा रहेका छन् । यसैगरी वडा नं ८ का बालापुर, पेरानी र वडा नं ९ का ढकेरी र महादेवा गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् ।

राप्तीसोनारी पछि दोस्रोमा नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । नरैनापुरका बानियागाउँ, महतनिया, सुइया, वहाउँपूर्वा, कोटिया, कोदीपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, भोजपुर र जमुनी गाउँ बाढीको जोखिममा भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति बुढाथोकीले जानकारी दिनुभयो । रासस 

डुडुवा गाउँपालिका–१ को पिप्रहवा, कृषि चौफेरी, पाझा, खडैचा र टेपरी, वडा नं २ को सन्तलिया, अमृतपुर्वा, भेलोरपुर्वा, दासपुर्वा, खोलमसाहा, बाबागाउँ, कैरातीपुर्वा, कोहली र वडा नंं ३ को रमपुर्वा, कटैहया, हलकारापुर्वा, लोधपुर्वा र राजापुर्वा पनि राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिममा रहेका गाउँ हुन् । 

डुडुवा गाउँपालिका–४ का खालेमसाहा र लालापुर्वा, वडा नं ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्रभित्र पर्दछन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले खजुरा गाउँपालिकाको वडा नं ५ र ६ का सातवटा गाउँ मानखोला र पेडारी खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरेको छ । 

वडा नं ५ र ६ का गिजरा, पुरैना, दसबिघा, आठबिघा, बाह्रबिघा, शान्तिनगर र सल्यानी टोली बाढीको उच्च जोखिममा रहेको गाउँ हुन् । खजुरा गाउँपालिका–२ को गुराँसपुर पनि बाढीको जोखिमयुक्त गाउँमा पर्दछ । कोहलपुर नगरपालिकाको वडा नं १०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल रोहिणी र डुडुवा खोलाको कटानका कारण जोखिममा रहेको केन्द्रले जनाएको छ ।

बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही पनि बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ । 

जानकी गाउँपालिकाको वडा नं १ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र्रले जनाएको छ । बाढीको उच्च जोखिममा रहेका गाउँमा क्षति हुन नदिन स्थानीय तह र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले आवश्यक पूर्वतयारी गरेका छन् । 

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले रोहिणी र डुडुवा खोलाको कटान रोकथामको लागि नगरपालिकाले अस्थायी तटबन्धन निर्माण गरी रोक्ने कार्य गरेको बताउँदै ठूलो क्षति पु¥याउने खतरा रहेकाले उद्धार तथा राहतको पूर्वसतर्कता र तयारी गरिएको बताउनुभयो । डुडुवा र रोहिणी खोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन कोहलपुर नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरी उद्धार, राहत तथा पूर्वसूचनासहित पूर्वतयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । “बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ, उद्धार गरिएका व्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका व्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकप्टर बस्ने हेलिप्याड निर्माण गरिएको छ”, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, “क्षति हुन नदिन सबै खालका उपाय अवलम्बन गरिएको छ ।” उहाँले पहाडी क्षेत्रमा भारी वर्षा भई बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोधसमेत गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द