2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

बन्दाबन्दी खुल्यो, सडक खुलेन

साउन १४, मनाङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर गरिएको बन्दाबन्दी खुलेसँगै मानिसको दैनिकी सामान्यरुपमा फैर्किदैछन् । 

बजारमा किनमेल र दैनिक कामकाजका लागि वातावरण सहज हुँदै जाँदा सर्वसाधारण काममा फर्किन थालेका छन् । बन्दाबन्दीमा घर गएका धेरैजसो ठाउँका व्यक्ति काममा फर्किने क्रम बढेको छ । 

मनसुन शुरु भएसँगै परेको वर्षाले पहिरा खस्दा हिमालपारीको जिल्ला मनाङ जाने एकमात्र बेँसीशहर–चामे सडक लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस सडकखण्डको ठाउँ–ठाउँमा पहिरा खस्दा सवारी आवागमन ठप्प भएको १३ औँ दिन बितिसकेको छ । बाढीपहिराले स्थानीय जनजीवन कष्टकर बनाएको छ भने पैदलयात्रु ज्यानै जोखिममा राखेर हिँड्न बाध्य भएका छन् ।

बेँसीशहरबाट चामे मनाङ सडकखण्डमा पर्ने बेलाउँती, बिसाउनी, ङादी र मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चे र मनाङ नासों गाउँपालिका–१ म्यार्दी भिरको पहिरोले  आवगमन ठप्प भएको छ । गत साउन २ गतेदेखि परिरहेको अविरल वर्षाका कारण यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध हुँदा समस्या भएको छ । यात्रु ज्यान जोखिममा राखेर हिँड्न बाध्य छन् भने खाद्यान्नलगायत विकास निर्माणका सामग्री ढुवानी गर्न कठिन भएको छ ।  

“बाटो खुल्ला र सामान लैजाउँला भन्दाभन्दै १३ दिन बितिसक्यो, अझै खुल्ने मेसो देखिएन, बेँसीशहर बसेको पनि १४ दिन भयो”, मनाङ नासोंका राजु गुरुङले भन्नुभयो । उपभोक्ता समितिको मातहतमा निर्माण भइरहेका खानेपानीलगायतका साना आयोजना समयमा काम सम्पन्न हुन सकेका छैनन् । 

त्यस्तै मनाङ र लमजुङ जिल्ला प्रशासनको पहलमा सडक डिभिजन कार्यालयले दुवैतर्फ बाटो खुलाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएकाले अझै केही समय लाग्ने जनाएको छ । निरन्तर परेको पानीले थप समस्या परेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । उहाँका अनुसार यस सडकखण्डमा जताततै पहिरो खसेको हुँदा काम गर्ने कामदारलाई पनि निकै सास्ती भइरहेको छ । सडक समयमा नखुल्दा बिरामी कर्मचारी र सर्वसाधारण मर्कामा परेका छन् ।

बन्दाबन्दीमा घर फर्किएका कामदार काममा फर्किने क्रम जारी छ । तर सडक सहज नहुँदा जोखिममा यात्रा गरिरहेका छन् । रसुवा, धादिङ, नुवाकोट र गोरखालगायतका जिल्लाबाट कामदार मनाङका गाउँमा सडक, खानेपानी र भवन निर्माणजस्ता काम गर्ने गर्छन् । बन्दाबन्दी खुलेसँगै काममा हिँडेका कामदारसमेत सडक सञ्चालन नहुँदा कठिनाइका साथ जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको रसुवाबाट मनाङ जाँदै गरेका कामदार कान्छा लामाले बताउनुभयो । “बाटो खुल्ने आशामा तीन दिन बेँसीशहर बसेको थिएँ, तर बाटो खुल्ने अवस्था नदेखिएपछि जोखिम मोलेरै हिडेको हुँ”, उहाँले भन्नुभयो । 

बेँसीशहरदेखि चामेसम्म जम्मा ६५ किलोमिटर दूरी रहेको यस सडकखण्डमा ३५ किलोमिटर लमजुङमा पर्छ । उक्त सडक खण्डको झण्डै सबै क्षेत्र पहिराको जोखिममा छ । यस सडकमा वर्षेनी पहिराले गर्दा सास्ती खेप्दै आएको स्थानीयवासीको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट