पाँचथर, ११ साउन । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । 

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पाँचथर, ११ साउन । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । 

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बि"/>

2026-11-01 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लापर्बाहीले सुत्केरीको मृत्यु

पाँचथर, ११ साउन । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । 

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बिहान घरैमा जुम्ल्याहा छोरी जन्माए पनि नाल नझरेपछि परिवारका सदस्यले साँझसम्म झारफुक गरेर उपचार गर्न खोजेका कारण उनको मृत्यु भएको बताइएको छ । 

साँझसम्म सालनाल नझरेपछि उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको छिमेकी पद्मा तामाङले जानकारी दिए । जुम्ल्याहा शिशुको भने स्वास्थ्य सामान्य रहेको बताइएको छ । मृतकका श्रीमान छ महिनाअगाडि वैदेशिक रोजगारीका लागि कोरिया पुगेका छन् । 

बर्सेनि दुई छोराछोरी जन्माइसकेकी उनको स्वास्थ्यावस्था कमजोर रहँदारहँदै पनि परिवारका सदस्यले समयमा अस्पताल नलाँदा मृत्यु भएको स्थानीय बताउँछन् । 

पाँचथर जिल्लामा सुरक्षित कार्यक्रम लागू भएको छ भने जिल्ला अस्पतालसहित ३० वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवा दिइँदै आएको भए पनि उपचार नपाएर बिरामीको ज्यान जानु दुःखद् भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकृत नारायण जोशीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द