साउन ११, बर्दिबास । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । 

बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, बर्दिबास । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । 

बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिज"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

रातु नदीमा आएको बाढीले बाली नोक्सान

२०७३, ११ श्रावण मंगलवार ०८:२५

साउन ११, बर्दिबास । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । 

बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हतिसर्वा र सिङ्ग्याही सहितका गाविसमा साउने सङ्क्रान्तिका दिनदेखि सुरु भएको सघन वर्षासँगै रातु नदीमा आएको बाढीले सयौँ बिघा उर्वर जग्गा कटानसँगै ५० बिघाभन्दा बढीको बाली नोक्सान गरेको किसानले बताएका छन् । 

खासगरी गत आइतबार रातिदेखि परेको मुसलधारे पानीसँगै आएको बाढीले नदीका दुई किनारमा यसपालि बनाइएको कच्ची बाँध तोडेर जग्गा कटान र बाली नोक्सान गरेको किसानको भनाइ छ । बर्खा सुरु भएपछि गत असार अन्त्यतिर बाँधिएको बाँध आइतबार रातिको बाढीले फुटाउँदा आफ्नो गाविसमा मात्र सय बिघा उर्वर जग्गा कटान भएर बगरमा परिणत भएको पशुपतिनगरका पूर्वअध्यक्ष नथुनी महतोले जन्कारिन दिए । 

पशुपतिनगर–४, ६, ७, ८ र ९ का घर घरमा बाढी पसेर उत्पात मच्चाएको पूर्वअध्यक्ष महतोको भनाइ छ । पशुपतिनगरमा १५० बिघाभन्दा बढीमा लगाइएको उखु, तरकारी र बगैँचा समेत बाढीले बगर बनाएको किसानले बताएका छन् । 

त्यसैगरी बिजलपुराको भेडिहारी र जुडीटोल, भङ्गाहाको पलार, टोका र रामनगरसहितका बस्तीमा बाढी पसेको छ । आइतबार रातिको बाढीले आफ्नो गाविसको ५० बिघा जग्गा कटान गरेर ३० बिघाभन्दा बढीको बाली नोक्सान गरेको भङ्गाहा–३ रामनगरका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले जानकारी दिए । आइतबार राति हतिसर्वाका १ र ५ तथा सिङ्ग्याहीका ३, ४, ६ र ९ नं वडामा बाढी घरघरै पसेर ताण्डव मच्चाएको जिविसका पूर्वसदस्य विष्णुनारायण पञ्जियारले जानकारी दिए । 

सिङ्गै हिउँद त्यत्तिकै कटाएर बर्खा लागेपछि बर्दिबास र पशुपतिनगरमा रातु नदीमा बाँधिएको बाँधको माटो खुकुलो भएकाले बाढीले सजिलै भत्काउँदा ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् । 

बाँध भत्केकाले अब आउने बाढीले बस्तीका घर सजिलै लडाउने स्थिति देखिएको पशुपतिनगर–६ दलित बस्तीका महेश्वर राम बताउछन । प्रजिअ वीरेन्द्रकुमार यादवले बाढी प्रभावित क्षेत्रमा विभिन्न निकायको समन्वयमा बचाउ कार्य तत्काल सुरु गरिने जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन