२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

२०७७, २८ श्रावण बुधबार ०६:३७

साउन २८, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । 

मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो । उनलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिनुभयो ।

मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको समेत डा खनालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उहाँले बताउनुभयो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशङ्कर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताउनुभयो । उहाँले सङ्क्रमण पुष्टि भई नसकेका मृतकका पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताउनुभयो । सङ्क्रमितको हकमा भने दाहसंस्कार जहाँ गरेपनि सरकारको ‘प्रोटोकल’ अनुसार हुने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा