२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका पहिरोपीडित परिवारलाई राहत वितरण

२०७७, ९ भाद्र मंगलवार ०४:२३

भदौ ९, बैतडी । डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो । गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा ऐतेकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको ज्यान गएको थियो । यस्तै घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले रु चार लाख राहत दिएको हो । विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले  जानकारी दिनुभयो । पीडित परिवारको खातामा एकमुष्ठ रु चार लाख जम्मा गरिदिएको हो । 

उहाँले भन्नुभयो, “परिवारका एक सदस्यको मृत्यु भएमा रु दुई लाख र सोही परिवारका अर्का सदस्यको मृत्यु भएमा थप रु एक लाख दिने व्यवस्था छ ।  सोहीअनुसार दुई मृतकको गरेर रु तीन लाख र घर पूर्णरूपमा क्षति भएकाले थप रु एक लाख गरी चार लाख बैंकमार्फत दिएका हौँ ।”

 यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोले गरेको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ । अन्य स्थानीय तहमा मानवीय क्षति नभएकाले स्थानीय विपद् व्यवस्थापन समितिले नै क्षतिपूर्ति तथा राहत दिने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । कुन क्षेत्रमा के कति क्षति पुर्याएको छ भन्नेबारे सम्बन्धित स्थानीय तहमा रहेका विषयगत शाखाहरुले हेर्ने र त्यसपश्चात् राहत तथा क्षतिपूर्ति दिइने बताइएको छ । 

यसैबीच बैतडीको सुर्नया गाउँपालिका–५ का पहिरोपीडित चार परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित वीरबहादुर मडै, दिनेश मडै, रामबहादुर मडै र धर्म मडैको परिवारलाई राहत सामग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो ।

 सोमबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको सहयोगमा प्राप्त राहत सामग्री वितरण गरिएको हो । राहत सामग्रीमा कपडा, भाँडाकुँडा, त्रिपाल, खाद्यान्नलगायत सामग्री  छन् । यसका साथै उपाध्यक्ष विष्टले आफ्नातर्फबाट राहतस्वरुप पीठो वितरण गर्नुभएको थियो । पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्ने सम्बन्धमा भने आगामी कार्यपालिकाको बैठकमा छलफल हुने उपाध्यक्ष विष्टले बताउनुभयो । गत हप्ता अविरल वर्षासँगै पहिरो खस्दा सुर्नया–५ का ४ परिवार विस्थापित भएका थिए । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ