Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 18, 2020 बैतडी - BTD, समाज

जिल्ला प्रशासनद्वारा बारअनुसारको सेवा

By साझासवाल 4 मिनेट पढाइ

असोज २, बैतडी | कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । फरक पालिकाअनुसार नागरिकलाई असोज १ गतेदेखि फरकफरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिनेछ भने मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने जनाइएको छ ।

पुर्चौँडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय हाताबाटै नियमितरूपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिने जनाइएको छ । नेपाली नागरिकता प्रमाणपत्रबाहेक अन्य सेवा भने सबै पालिकाका नागरिकलाई हप्ताको छ दिन नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।

यस्तै जिल्लामा सङ्घीय सरकारको निर्णयानुसार अहिलेका लागि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने दिने तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्यरूपमा पालना गर्ने गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मास्क नलगाई हिँड्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड नपाउनेलाई भने कानूनअनुसार कारवाही हुनेछ ।” गत भदौ ८ गतदेखि जारी निषेधाज्ञा भदौ ३१ मा सकिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो । रासस